प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट : असन्तुष्ट १८ न्यायाधीश सहभागी हुदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज दिउँसो फुलकोर्ट(पूर्ण बैठक) बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन् ।बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक नियमावली संशोधन गर्ने, छलफल गर्ने र निर्देशिका पारित गर्ने फुलकोर्टको कार्यसूची रहेको छ ।

यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय यसअघि नै गरेको छ ।

  • २ मंसिर २०७८, बिहीबार १२:४५ प्रकाशित