गुटेरेसको सुरक्षामा अन्नपुर्ण बेसक्याम्पमा खटिएका असई टिकारामको लेक लाग्दा ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर ज्यान गएको छ ।

प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान ७ बजेर १५ मिनेटको समयमा श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकोमा ९ बजेर ४६ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पर्वत निवासी ढुंगाना घान्द्रुकमा कार्यरत रहेको थापाले जानकारी दिए ।

  • १५ कार्तिक २०८०, बुधबार १४:२२ प्रकाशित