लागु औषध कारोबारीलाई पकाउ गर्न काठमाडौंमा प्रहरीले चलायो गोली, एक घाईते

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । लागु औषध कारोबारीलाई पक्राउ गर्नको लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको बताएको छ ।

प्रहरीको गोली लागी लागु औषध कारोबारी भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ ।

त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ । प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए ।

  • १५ कार्तिक २०८०, बुधबार १४:१३ प्रकाशित