बुद्धको जन्मथलोबाट राष्ट्रसंघका महासचिव गुटेरेसले भने :‘संसारभरका द्वन्द्व रोक्न यहिबाट आह्वान गर्छु’

केन्द्रभाग मिडिया

रुपन्देही ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गरेका छन् । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु ।’

‘शान्ति र मानवता अपरिहर्य विषय हो मानवीयता मर्न दिनुहुन्न, बुद्धका सन्देश, पञ्चशील सिद्दान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौं, लुम्बिनी घुमौं’ गुटेरेसले भनेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरेका छन् । इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आव्हान गरे ।

महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार(प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । मंगलबार बिहान विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आएका गुटेरेसले शान्तिदीपमा दीप प्रज्ज्वलन गरेका थिए ।

त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे भने शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदल गएका थिए ।

  • १४ कार्तिक २०८०, मंगलवार १६:१० प्रकाशित