पोखरासहित देशभर चिसो बढ्यो : यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था !

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको कारण मौसम बदली भएको छ । देशभर चिसो बढिरहेको छ । हाल पोखराको मौसमी अवस्था बिहानै देखि धुम्म रहेको छ । पोखरामा हिजो अस्तिको तुलनामा आज अलि बढि चिसो महशुस भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर ०२ गते (बिहिबार)

दिउँसो : प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती:  प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

२०७८ मंसिर ०३ गते (शुक्रबार)

दिउँसो : सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू–भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू–भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ०४ गते (शनिबार)

दिउँसो : बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान मशाखाको आग्रह छ ।

  • २ मंसिर २०७८, बिहीबार ०९:०७ प्रकाशित