कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर(३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् ।

घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार १४:०७ प्रकाशित