त्रिकोणात्मक टी-२० शृङ्खला

नेपालको अपराजित यात्रा, युएईमाथि नेपालको ५ विकेटको जित

केन्द्रभाग मिडिया

पोखरा ।
त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई पराजित भएको छ । काठमाडौंमा जारी श्रृंखलामा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।

आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए ।

यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ र४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २र२ विकेट लिए भने करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।

सतप्रतिशत जितसहित हाँसिल गरेको नेपालले यस शृङ्खलामा यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो ।

  • ६ कार्तिक २०८०, सोमबार १७:३७ प्रकाशित