त्रिकोणात्मक टी–२० शृङ्खला

युएईले नेपाललाई दियो १६५ रनको चुनौती

केन्द्रभाग मिडिया

पोखरा ।

त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो ।

यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का हिर्काए । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हिर्काए ।

त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले २–२ विकेट लिए भने करण केसी र गुल्सन झाले १–१ विकेट लिए ।

  • ६ कार्तिक २०८०, सोमबार १२:५४ प्रकाशित