युएई विरुद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपालले लिए पहिलो विकेट

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
नेपाल त्रिदेशीय श्रिंखलाको नेपालले आफ्नो चौथो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले बलिङ गरिरहेको छ । जारी खेलमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । युएईका खालिदलाई उनको व्यक्तिगत १२ रनको स्कोर जोडदा कामीले बोल्ड गरेका हुन् ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । श्रिंखलामा नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो ।

ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

न्यिदब िक्ष्mभ दबलप
शृङ्खलाको लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।

  • ६ कार्तिक २०८०, सोमबार ११:१६ प्रकाशित