पाल्पामा भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

 

 

पाल्पा ।
पाल्पामा भएको जिप दुर्घनामा ६ जनाको ज्यान गुमेको छ । एक जना घाइते भएका छन् ।

पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको ज्यान गुमेको हो । जिपका चालक घाइते भएको जनाएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष छन् । वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

 

 

  • ५ कार्तिक २०८०, आईतवार २१:०२ प्रकाशित