पोखरामा भूकम्पको धक्का

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

कास्कीसहित आसपासका जिल्लाहरु र संघीय राजधानी काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।  अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५।२ रेक्टर स्केल मापन गरिएको छ ।

यसबारे थप विवरण भने प्रप्त हुन बाँकी छ ।

  • ५ कार्तिक २०८०, आईतवार ०७:५६ प्रकाशित