त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रिंखलामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनायो ।

नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २र२ विकेट लिए ।

जारी टी–२० सिरिजमा नेपालले दुई खेल जितेको छ । नेपालले गत बिहीबार हङकङलाई ६ विकेट र गत बुधबार यूएईलाई ७ विकेटले हराएको हो ।

आइतबार हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदै छ भने पर्सि सोमबार नेपाल र यूएई तथा बुधबार हङकङ र यूएई भिड्दै छन् ।

  • ४ कार्तिक २०८०, शनिबार १२:५९ प्रकाशित