चाडबाडमा उपभोक्ता ठगिन नदिन पोखरा महानगरको अनुगमन तीव्र

मासु र खाद्यान्नका ६० पसलमा अनुगमन, १५ हजार जरीवाना

केन्द्रभाग मिडिया

 

पोखरा ।
चाडवाडमा नागरिक ठगित नदिन र गुणस्तरीय वस्तु तथा सेवाको सहज विक्री होस् भने पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । यसैक्रममा शुक्रबार मात्र विभिन्न मासु पसल र खाद्यान्न पसल गरेर ६० वटा पसलमा अनुगमन भएको छ ।

पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको छ ।

पोखराका वडा नम्वर १,२,४,५,६,७,१०,११,१२,१३,२४,१५,३० र ३१ मा रहेका मासु र खाद्यान्नका ६० वटा पसलमा अनुुगमन गरेको हो । अनुुगमनमा सम्वन्धि वडाका वडाअध्यक्ष, वडा सदस्यहरु सहित महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, महानगर सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुुगमन समितिका सदस्यसचिव भरतराज पौडेल, पशुु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पशुु स्वास्थ्य अधिकृत झलककृष्ण भण्डारी, पशुु स्वास्थ्य अधिकृत एकनारायण ढकाल, पशु सेवा अधिकृत राजेन्द्र लामिछानेको नेतृत्वमा खटिएको टोलीले १४ वटा वडामा अनुुगमन गरेको हो ।

अनुुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, गुुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुुनाथ पौडेल, महानगर पुश सेवा शाखाका पुष्पराज अधिकारीको सहभागीतामा अनुुगमन गरिएको हो ।

अनुुगमनका क्रममा पसल दर्ता÷नविकरण नगरेको, बहाल कर नतिरेको, सरसफाईमा ध्यान नदिएको फेला पारेको हो । अनुुगमन टोलीले पोखरा–४ मा सञ्चालनमा रहेको मोहमद फ्रेस हाउस, पोखरा–४ कै जमाल फ्रेस हाउस, पोखरा–२ को सक्षम किराना स्टोर्सलाई ५÷५ हजार जरीवाना गरिएको छ । मोहमद फ्रेस हाउस र जमाल फ्रेस हाउसबाट बासीको बोसो दश केजी, बोकाको टाउको एक वटा र सक्षम किराना पसलबाट म्याद नाघेका बदम जुुस दुुई बटटा गरी १५ मुल्य बराबरको मासुु र जुस नष्ट गरिएको महानगर बजार अनुुगमन समितिले जनाएको छ ।

अनुुगमनका क्रममा पसल फोहोर र अब्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाँउमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (क), (ख), (ग) बमोजिम ५ हजार जरिवाना गरेको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोेटाले बताए ।

अनुुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्वन्धित वडा कार्यालयमा कात्तिक १२ र १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ । पोखरा महानगरले गत वर्ष अनुुगमन गरेपछि बजारमा सुधार देखिएको भएपनि जति हुनुुपर्ने हो त्यती नभएको महानगरका उपप्रमुख मञ्जुुुदेवी गुुरुङले बताइन् । उनले पसल विना दर्ता सञ्चालन भएको पाइएकाले वडा कार्यालयहरुले अनुुगमन गर्नुपर्ने र महानगरले पनि निरन्तरता दिने बताइन ।

  • ३ कार्तिक २०८०, शुक्रबार १६:२४ प्रकाशित