बार आन्दोलनको मोडेल फरक: ‘जबराको राजीनामा मात्र होइन, अब सर्वोच्चको विकृति नहटेसम्म आन्दोलन’

केन्द्रभाग मिडिया

File photo

आन्दोलनरत नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ । बारले आजबाट तेस्रो चरणको आन्दोलनमा मंसिर ३ सम्म प्रधानन्यायाधीशको प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

बारले अब प्रधानन्यायाधीशको राजीनामा नभई न्यायालयको विकृति नहटेसम्म आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।नेपाल बार एसोसिएसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले न्यायालयको विकृति नहट्दासम्म आफूहरूले आन्दोलन जारी राख्ने बताए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बारले सर्वोच्च अदालतमा बुधबार गरेको प्रदर्शनमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीले विसंगति हटाउन चाहेका छौँ। निष्पक्ष न्याय चाहेका छौँ। भ्रष्ट प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म हामी रोकिँदैनौ। राजीनामा मात्र होइन, विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ। आन्दोलनको मोडेल फरक हुन्छ। राजीनामा अपरिहार्य छ।’

  • १ मंसिर २०७८, बुधबार १३:१० प्रकाशित