गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार , जनरल वार्डमा सारियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएको छ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सुधार हुदैँ गएपछि श्रेष्ठलाई आईसीयूबाट जेनरल वार्डमा सारिएको छ।

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई जनरल वार्डमा सारिएको राजदूत श्रेष्ठले जानकारी दिएका छन् । उनको अनुसार वार्डमा कतिदिन बस्नुपर्ने हो, चिकित्सकले भनेका छैनन्।

बिहीबार ९हिजो० बिहान गृहमन्त्री श्रेष्ठले चीनका सामाजिक सुरक्षामन्त्रीलाई भेट्ने कार्यक्रम थियो। तर, राति नै हृदयाघात भएपछि उनीहरुबीचको भेटघाट स्थगित भएको छ।

  • ३ कार्तिक २०८०, शुक्रबार ०९:३८ प्रकाशित