दसैं किनमेल

पोखरा चिप्लेढुंगाको फुटपाथमा रातिको समयमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।

बुधबार राति ८ : ३० बजे पोखराको चिप्लेढुंगा पुग्दा त्यहाँको फुटपाथमा देख्दा लाग्दथ्यो ठूलै मेला लागेको छ । फूटपाथमा सामान बेच्नेहरुले आफ्नो सस्तो अफर सुनाइरहेका देखिन्थे भने किनमेल गर्नेहरुले पनि सामान रोज्दै गरेका र बार्गेनिङ गरेका भेटिन्थे । जव साँझ छिप्पिन थाल्छ तव किनमेल गर्नेहरुको भिडभाड सुरु हुनेगरेको एक व्यवसायीले सुनाए ।

दसैंका लागि चाहिने सामान, तरकारी, देखि किचनका सामानसम्म फुटपाथमै पाइने र सस्तो पनि भएकाले साँझमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गरेको हो । साँझमा सटरहरु बन्द हभएपछि आफूहर फूटपाथमा व्यवसाय गर्न आउने गरेका एक व्यवसायीले बताए । उनका अनुसार दिउसोमा व्यापार गरे नगरप्रहरीले समाउने तर साँझको बेला निस्फिक्रीढंगले व्यवापार गर्न पाइने गरेको छ । कतिपय सटरमा दिउँसो पसल गर्नेहरु समेत राति सटर बन्द भएपछि तिनै सामान लिएर फुटपाथमा विक्री गर्न आउने गरेको उनले सुनाए ।

पोखरा ५ मालेपाटनमा डेरा गरी बस्ने रञ्जिता पोखरेलले दसैंका लागि सामान किन्न आएको बताइन् । घरयासी सामान देखि लगाउने कपडासम्म सस्तो पाइने भएकाले अफू साथीहरु लिएर किनमेलका लागि आएको उनले जानकारी दिइन् । ‘साँझमा सामान केही सस्तोपनि पाइन्छ । बार्गेनिङ गर्न पाइने अनि सवारी साधन समेत सडकमा कम गुड्ने हुँदा हिँडेर आउन रमाइलो पनि हुने उनले अनुभव सुनाइन् ।

 

  • १ कार्तिक २०८०, बुधबार २२:४२ प्रकाशित