उत्कृष्ट करदाता सम्मानित: व्यक्तिगतमा सिदार्थ राणा, कम्पनीतर्फ सूर्य नेपाल(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १०औं कर दिवसको अवसरमा विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै तिर्नेमा सिद्धार्थ राणालाई सम्मान गरिएको छ भने कम्पनीतर्फ सूर्य नेपाल सम्मानित भएको छ । सबैभन्दा धेरै आय कर तिर्नेमा नेपाल दुरसंचार कम्पनी लिमिटेड रहेको छ ।

अर्थअन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गरेका थिए। आर्थिक वर्ष २०७६र७७ मा तिरेको करका आधारमा उनीहरूलाई उत्कृष्ट घोषणा गरिएको हो ।

  • १ मंसिर २०७८, बुधबार १०:०० प्रकाशित