काठमाडौं ।
एमसीसी पास हुन नसकिरहेको बेला उच्चस्तरीय अमेरिकी अधिकारी आज नेपाल आउँदैँछन् ।
आज नेपाल भ्रमणका लागि भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आउने भएका हुन् । माल्दिभ्सको राजधानी माले रहेका सहायक विदेशमन्त्री लू केही कूटनीतिक भेटघाटपछि आज काठमाडौं आउन लागेका बताइएको छ । उनी मालेबाट आज अपरान्हतिर काठमाडौं अवतरण गर्ने जनाइएको छ ।
एससीसीबारे किचलो भइरहेको बेला लू को नेपाल भ्रमणलाई चासोको रुपमा लिइएको छ । यद्यपि उनी केका लागि नेपाल आउन लागेका हुन भन्ने बारे अमेरिकी विदेश मन्त्रालयले केही खलाएको छैन ।
काठमाडौं भ्रमणमा लूले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । साथै, लूको काठमाडौं भ्रमणमा अमेरिकाले नेपालमा सञ्चालन गरिरहेका अन्य परियोजनाको संचालन र प्रगतिबारे पनि उनले छलफल गर्ने भएका छन् ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको कार्यभार सम्हालेयता पहिलोपटक उच्चस्तरीय अमेरिकी अधिकारी काठमाडौं आउन लागेका हुन् ।