नेपालीको उद्धारको लागि निगमको जहाज दुबईबाट इजरायल उड्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

इजरायलमा रहेका नेपालीको उद्दारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडेको छ । निगमको जहाजले नेपाली समयअनुसार १०ः ४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको हो ।

नेपाली नागरिक ल्याएर जहाज आजै राती सवा ९ बजे पछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अवतरण गर्ने छ। बिहीबार बिहान ४ बजे परराष्ट्रमन्त्री एनपी साउदको टोली इजरायल प्रस्थान गरेको थियो ।

  • २५ आश्विन २०८०, बिहीबार १३:५५ प्रकाशित