इजरायलमा रहेका नेपाली लिन परराष्ट्रमन्त्री आफैँ जाने

केन्द्रभाग मिडिया

काठमाडौं ।
इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ त्यसतर्फ जाने भएका छन् ।

आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज द्धन्दग्रस्त देश इजरायलमा जान लागेको छ । उक्त जहाजमा परराष्ट्रमन्त्री साउद आफैँ जान लागेको परराष्ट्रमन्त्रीका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए ।

‘आज हुने फ्लाइटमा परराष्ट्रमन्त्री आफैँ जानुहुनेछ ।’ उनले भने ।

शनिबार हमास समूहले इजरायलमा हमला गर्दा १० नेपालीको निधन भएको छ । भने हजारौँ नेपाली प्रभावित भएका छन् ।

अहिले पीडितको उद्धारमा मात्रै जहाज जान लागे पनि शव लिनका लागि केही दिनपछि मात्रै ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणपछि ३५० जना नेपाली राजदूतावासको सम्पर्कमा पुगेका छन् ।

परराष्ट्र मन्त्रालयकी प्रपक्ता सेवा लम्सालले सो जानकारी दिएकी हुन् । इजरायलमा रहेका मध्ये ३५० जनाले अनलाइन फारम भरेर २८८ जना स्वदेश फर्कन इच्छुक रहेको लम्सालले बताइन् । नेपाली जहाजले २५० जना क्षमताको वाइडबडी जहाज त्यसतर्फ जाँदैछ ।

प्रवक्ता लम्सालका कारण उक्त हमलामा परेर ज्यान गुमाएका नेपालीको शव भने तत्काल नआउने भएको छ । युद्धको भूमिमा रहेको कारण प्रोटोकल मिलाउन समल लाग्ने भएको कारण तत्काल शव ल्याउन नसकिने लम्सालले बताईन् ।

 

  • २४ आश्विन २०८०, बुधबार १८:०७ प्रकाशित