राष्ट्रियसभाको बैठक शुक्रवारसम्मको लागि स्थगित

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण भएको बैठक शुक्रवारसम्मको लागि स्थगित भएको संसद् सचिवालयका महासचिव डा‍। भरतराज गौतमले बताए ।

इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकार आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम राष्ट्रिय शोकमा बैठक बस्न नसक्ने भएकाले अध्यक्ष गणेश तिमल्सिनाले बैठक शुक्रवार बिहान ११ः०१ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

  • २३ आश्विन २०८०, मंगलवार १६:५८ प्रकाशित