काठमाडौं।
सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सात दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
आज ९बिहीबार० न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको उक्त रिटमा विपक्षीको नामममा कारण देखाउ आदेश जारी भएको हो ।
रिगलले नेपालगन्जको धम्बोजी चोकमा चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपनि नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले आममाफी पाएका थिए ।
रिगलको आममाफीविरुद्ध मृतक चेतन मानन्धरकी पत्नी भारती शेर्पा सर्वोच्च गएकी थिईन् । पीडितको पक्षबाट बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले बहस गरेका थिए । उक्त रिटको अर्को सुनुवाई आगामी असोज २५ गतेलाई तोक्ने आदेश भएको छ ।
साथै, सर्वोच्चले अनशनरत भारती र उनको परिवारलाई उचित सुरक्षा दिनसमेत गृहमन्त्रालयको नाममा आदेश जारी गरेको छ ।












