आममाफी प्रकरणमा सात दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं।
सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सात दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

 

आज ९बिहीबार० न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको उक्त रिटमा विपक्षीको नामममा कारण देखाउ आदेश जारी भएको हो ।

रिगलले नेपालगन्जको धम्बोजी चोकमा चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपनि नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले आममाफी पाएका थिए ।

रिगलको आममाफीविरुद्ध मृतक चेतन मानन्धरकी पत्नी भारती शेर्पा सर्वोच्च गएकी थिईन् । पीडितको पक्षबाट बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले बहस गरेका थिए । उक्त रिटको अर्को सुनुवाई आगामी असोज २५ गतेलाई तोक्ने आदेश भएको छ ।

साथै, सर्वोच्चले अनशनरत भारती र उनको परिवारलाई उचित सुरक्षा दिनसमेत गृहमन्त्रालयको नाममा आदेश जारी गरेको छ ।

  • १८ आश्विन २०८०, बिहीबार १७:११ प्रकाशित