काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू- १९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ ।
क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो ।क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपालले समुह एमा रहेर बहराइन, साउदी अरेबीया र इरानसँग खेल्नेछ ।प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।
नेपालको टोलीमा देव खनाल९कप्तान०, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन्।
प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादवलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।