सिक्किमको टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता

केन्द्रभाग मिडिया

सिक्किमको टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता

काठमाडौँ ।

भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीमा परी २३ जना सेनाका जवान बेपत्ता भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवानहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको छ ।

बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको छ ।

जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ ।

  • १७ आश्विन २०८०, बुधबार १३:१७ प्रकाशित