एमालेको विकल्प खोज्नु अस्थिरता निम्त्याउनु हो : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको विकल्प खोज्नु देशलाई थप अराजकता तर्फ थकेल्नु रहेको बताएका छन् । एमाले गण्डकीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले सरकारबाट बाहिरिएपछि मुलकु चौतर्फी संकट फस्दै गएको रहेको चर्चा गरे । उनले एमालेलाई सरकारबाट हटाइएपछि जनताको भावनासंग खेल्ने अस्थिर तत्वले टाउको उठाएको टिप्पणी गरे । ‘पपुलिजम समस्याको दीर्घकालिन समाधान होइन’ भन्दै उनले त्यसलाई ‘जनताको भावनाको खेलवाड मात्रै रहेको टिप्पणी गरे ।

गठबन्धन सरकारको भ्रष्टार नै मुलुकको आर्थिक संकटको कारण भएको व्याख्या गरेका उनले कालो बजारीलाई संरक्षण गर्ने काम सरकारले नै गरेको आरोप लगाए । जनता जेसुकै भएपनि प्रधानमन्त्री प्रचण्ड मस्ताराम रहेको उनले टिप्पणी गरेका छन् ।

देशको नेतृत्व गरेर भ्रमणमा गएका प्रधानमन्त्रीले आफ्नो औपचारिक पोशाक त्यागेर गेरु बस्त्र धारण गर्नु लज्जाको विषय भएको उनको भनाई छ । आर्थिक संकटले पिरोलिरहेको बेला र चाडबाड आइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य बढाउने काम सरकारबाट भएको बताएका उनले आफूहरुले विरोध गरेपछि सरकार एक कदम पछाडि हट्न बाध्य भएको दाबी गरे ।

उनले देशमा रहेको अराजकता र आर्थिक मन्दीलाई नियन्त्रण गर्नपनि एमालेको सरकार आवश्यक रहेको धारणा राखे । मिसन ०८४ एमालेलाई एक्लै बहुमत ल्याउनका लागि थालिएको अभियान रहेको उनको भनाई छ । प्रतिस्पर्धा लोकतन्त्रको विशेषता हो भन्दै उनले त्यो भन्दापनि उन्नत सस्कार आपसी एकता र सम्मान रहेकाले नेतृत्व चयनमा त्योखालको एकता प्रदर्शन गर्नसमेत उनले गण्डकी प्रदेशका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

  • १५ आश्विन २०८०, सोमबार १६:३३ प्रकाशित