स्थानीय यातायात प्रालिको अध्यक्षमा पुनः केदार पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।

स्थानीय यातायात प्रालि पोखराको अध्यक्षमा पुनः केदार पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

पोखरामा आज सम्पन्न प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

सञ्चालक समिति सदस्यहरुमा तेज नारायण सुवेदी, सागर ढकाल, महेन्द्र श्रेष्ठ, अजयकुमार थापा, हेमन्त मल्ल, रामचन्द्र लामिछाने, सूर्यबहादुर ढकाल, रवि रानाभाट, विकास पौडेल, मेहरमान श्रेष्ठ, मनोजकुमार श्रेष्ठ र कुुमार केसी चयन भएका छन् ।

अधिवेशनको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उद्घाटन गरेका थिए ।

  • ९ आश्विन २०८०, मंगलवार २२:०० प्रकाशित