मदिराको नसाले बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’: एकको ज्यान गयो

केन्द्रभाग मिडिया

विराटनगर ।

विराटनगरमा एक बर्थ डे पार्टीमा ग्याङ फाइट हुदाँ एक जनाको ज्यान गएको छ ।

बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आयोजित बर्थ डे पार्टीमा पुगेका दुई समुहबीच विवाद हुदाँ स्थिती ग्याङ फाइटमा परिणत हुदाँ एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा गएराति दुई पक्षबीचको विवाद बढेर झगडा भएको हो।

‘ग्याङ फाइट’मा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र घरधनी नानु लिम्बू पनि घाइते भएका छन्। उनीहरुमाथि बर्थ डे पार्टीमा आएका ६/७ जनाको समूहले खुकुरी प्रहार गरेको थियो ।

मदिराको नसामा सामान्य विवाद हुदाँ हुँदै उनीहरुबीच खुकुरी हानाहान भएको बताइएको छ । आक्रमणमा संलग्नहरु लागुऔषध सेवनकर्ता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

  • २९ कार्तिक २०७८, सोमबार १०:२१ प्रकाशित