हिउँ पहिरो अपडेट : १५० याक र चौंरी बेपत्ता, गोठाला सुरक्षित

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

मुस्ताङमा हिजो आएको हिमपहिरोमा परेर १५० याक र चौरी बेपत्ता भएका छन् ।

थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका दुई गोठका याक र चौरी कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर बेपत्ता भएका हुन्।

भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौँरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन्। हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन्।

हिमपहिरो आएपछि डरले भाग्दा घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचार गरेर घर फकिएको वडा अध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिएका छन् ।

हिमपहिरोले उवा र फापरबालीमा क्षति पुगेको छ।

  • २९ कार्तिक २०७८, सोमबार ०९:४६ प्रकाशित