पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा घिमिरे

केन्द्रभाग मिडिया

पोखरा ।
पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा अम्विका घिमिरे अमृत चयन भएका छन् । समितिको घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्त चयन भएको हो ।

शुक्रबार राति अवेर सम्पन्न अधिवेशनवाट समितिको वरिष्ठ उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ ,उपाध्यक्षमा राजु सुनार,महासचिवमा इन्दु देवी श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। समितिको सचिवान ऋषिराम पौडेल,कोषाध्यक्षमा रमेश लामिछाने र सह कोषाध्यक्षमा कृष्ण प्रसाद पौडेल चयन भए ।

समितिको सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुङगाना,प्रदीप पौडेल,रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द जमरकट्टेल, अनुप पाण्डे,नारायण अधिकारी,शोभाकान्त शर्मा र कञ्चन बराल शर्मा सम्र्वसम्त निर्वाचित भएको निर्वाचन मण्डलका टंक पौडेलले जानकारी दिए ।

 

  • ६ आश्विन २०८०, शनिबार २१:०० प्रकाशित