गण्डकी : एक संक्रमितको मृत्यु , ३५९ सक्रिय संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा बागलुङ नगरपालिका ९ का ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४०२ पुगेको निर्देशनालयले बताएको छ ।

प्रदेशमा आज ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।संक्रमित हुनेमा कास्कीका २२ जना,स्याङजाका ३ र नवलपरासीका ५ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ८७ हजार ६४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३ जना निको भएका छन् । प्रदेशमा हाल ३४९ सक्रिय संक्रमित रहेका छन् भने तीमध्ये ३०१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • २८ कार्तिक २०७८, आईतवार १७:०४ प्रकाशित