पोखरा ।
प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित बनेका कानुन व्यवसायीले आज देशभरका जिल्ला अदालतमा विरोध प्रदर्शन गरेका छन् ।
जबरा विरुद्ध पोखराका कानुन व्यवसायीहरुले पनि धर्ना दिएका छन् । उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतमा परिसदमा कानुन व्यवसायीहरुले धर्ना दिएका हुन् ।
न्यायपालिकाको विकृति विसंगति भ्रष्टाचार विरुद्धको नेपाल बार एशोसिएशनले अभियान नै चलाएर विरोध प्रर्दशन गरेको हो। न्यायपालिकाको जनआस्था बढाउने, स्वतन्त्र,निष्पक्ष, संक्षम र हस्तक्षेप मुक्त न्यायालय बनाउन जबरा बाधक बनेको भन्दै बारले उनको राजीनामा नै निकास भएको दाबी गर्दै आएको छ ।
पोखराका कानुनव्यवसायीले विवादित प्रधान न्ययाधीश जबराले राजिनामा देउ भन्दै हातमा कालो पट्टी, मुखमा कालो माक्स लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका थिए ।
कानुन व्यवसायीले आइतबार बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएर बारको आन्दोलनमा समर्थन जनाएका हुन । धर्ना ३ दिनसम्म जारी रहने बताइएको छ ।