आज पनि अदालत प्रवेश गरिछाडे प्रधानन्यायाधीश जबरा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच जबरा अदालत प्रवेश गरि छाडेका हुन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् । यसअघि अस्ति शुक्रबार पनि कानुन व्यवसायीले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुलगेटमा धर्ना दिएता पनि उनी चोरबाटो हुदैँ भित्र छिरेका थिए ।

जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् ।

  • २८ कार्तिक २०७८, आईतवार १२:५१ प्रकाशित