सर्वोच्चमा कडा सुरक्षा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

नेपाल बार एशोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने भएपछि सर्वोच्च परिसरमा बाक्लो प्रहरी तैनाथ गरिएको छ ।

बारको हिजोको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले बाधा पुर्याएपछि बारले आज सर्वोच्चमा झनै आक्रामक प्रर्दशन गर्ने निर्णय गरेको हो ।सबै इजलास बहिष्कार सहित प्रधानन्यायाधीशलाई सर्वोच्चको गेटमा रोक्ने उनीहरुको तयारी छ ।

त्यसलाई मध्यनजर गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीलाई सर्वोच्च परिसरमा तैनाथ गरिएको छ ।

 

  • २६ कार्तिक २०७८, शुक्रबार १०:३३ प्रकाशित