पोखरा ।
नेकपा (माओवादी) नेतृत्वको चार दलिय समावजादी मोर्चाले निर्माण गरेको छ । मोर्चाले प्रदेश स्तरिय कायक्रम पहिले प्रदेश संयोजन समिति निर्माण गरेको हो । मोर्चामा प्रत्येक पार्टीबाट तीनजनाका दरले प्रतिनिधित्व हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जसको अध्यक्षमा आलोपालो प्राणाली अन्तरगत पहिलो पटक माओवादी केन्द्र प्रदेश अध्यक्ष गायत्री गुरुङले अध्यक्षता गर्ने नेकपा माओवादी केन्द्र गण्डकीका इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए ।
मोर्चामा नेकपा (माओवादी केन्द्र)बाट गायत्री गुरुङ, ज्ञाननाथ गैरे र जगन्नाथ खनालल नेकपा (एकिकृत समाजवादी) बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली, नेकपा कम्युनिष्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहेका छन् ।
यस्तै प्रत्यक जिल्लामा हरेक पार्टीबाट २ जनाको प्रतिनिधित्व गर्ने गरी जिल्ला संयोजन समिति गठन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मोर्चाले भोली अर्थात भाद्र १५ गते पोखरामा प्रदेश स्तरिय सन्देश सभाको आयोजना गरेकोछ । पोखरा सभागृहमा मध्यान्न १२ बजे हुने सभालाई मोर्चाका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन ११ वटै जिल्लाबाट आम जनसमुदायलाई मोर्चाले अपिल गरेको छ ।













