रेडियो नेपालमा जव भ्याकेन्सी, हेर्नुहोस कुन–कुन पद छ खाली ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

रेडियो नेपालले जागिरका लागि आवेदन खुलाएको छ । आज गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको हो ।

रेडियो प्रसार सेवा विकास समितिले ३ ईञ्जिनियर सहित ३९ जना माग गर्दै आवेदन खुला गरेको छ।सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ। १० जना प्राविधिक सहायक माग भएको हो।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ। अन्य १९ जना भने विभिन्न पदका लागि छन्। लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो।

इच्छुकले आजदेखि २१ दिनभित्र आवेदन भर्न सक्ने जनाइएको छ । रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिन्छ।

  • २६ कार्तिक २०७८, शुक्रबार ०९:३२ प्रकाशित