क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

  • १० भाद्र २०८०, आईतवार ०९:०१ प्रकाशित