आज सुनको मुल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।

  • २३ आश्विन २०८३, शुक्रबार ११:११ प्रकाशित