पोखराका ट्याक्सी मिटरमा संचालन

केन्द्रभाग मिडिया

पोखरा  ।
लामो समयको प्रयास पछि पोखराका ट्याक्सी भाद्र १ गते देखि मिटरमा संचालनमा आएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा संचालनमा आएका हुन् । प्रदेश सरकार, यातायात कार्यालय, ट्याक्सी व्यवसायीबीच ट्याक्सी मिटरमा चलाउने सहमती भए अनुसार यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले पोखरा उपत्यकाभित्र संचालन हुने ट्याक्सी मिटरमा संचालन गर्नका लागि सूचना जारी गरेको थियो ।

पहिलो दिन गण्डकीका यातायात मन्त्री रेशम जुग्जाली नेतृत्वले ट्याक्सीको निरिक्षण गरेको थियो । यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्याल, जिल्ला ट्राफिक प्रहरी कर्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक भानु शर्मा लगायत निरिक्षणभा सहभागी भएका थिए । अनुगमनका क्रममा ट्याक्सीले मिटर संचालनमा ल्याएको पाइएको यातायात कार्यालयका प्रमुख रिज्यालले जानकारी दिए ।


यातायात व्यवस्था कार्यालयले भाडा समायोजन नहुदा सम्मको लागि अन्य स्थानमा भन्दा विमानस्थालबाट संचालन हुने ट्याक्सीमा मिटर वाहेक थप एक सय ५० रुपैया भाडा दर तोकेको छ ।

दुई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० र त्यसपछि प्रतिदुई सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७.५० कायम गरिएको थियो ।

  • १ भाद्र २०८०, शुक्रबार १५:१५ प्रकाशित