पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न आग्रह गरेको छ ।
ग्याँसको मुल्य घटेर आएपनि व्यवसायीले भने समायोजित भएको मुल्यमा नभई पुरानै मूल्यमा बेच्ने गरेको जनगुनासो आएको भन्दै जिप्रका कास्कीले आज(बुधबार) सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
कास्की प्रशासनले शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट विक्री मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनेको हो ।
तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।