गण्डकीसहित यि प्रदेशमा भारी देखि अति भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना  छ ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना  छ ।

आज भारी देखी धेरै भारी वर्षाको सम्भावनाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई याताया समेत प्रभावित हुन सक्ने उल्लेख गर्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन सबैमा आग्रह गरेको छ ।

 

  • २८ श्रावण २०८०, आईतवार ०७:४९ प्रकाशित