काठमाडौं।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्।
शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो। उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ। तर प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्याउन खोजिएको हो रु यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ।’
यस्तै, उनले राजनीतिमा प्रतिशोधको भावना सुरू हुँदा राजनीति राजनीति नै नरहने बताउँदै भने,‘त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्याउँछ।’













