रोल्पा बस दुर्घटना : ४ जनाको ज्यान गयो, १८ घाइते

केन्द्रभाग मिडिया

रोल्पा ।

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी का सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

  • २३ श्रावण २०८०, मंगलवार १६:३२ प्रकाशित