नारायणगढ–मुग्लिन सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाइरहेको जिल्ला ट्राफिक कार्यालय चितवनले जानकारी दिएको छ ।यो सडकखण्डमा बारम्बार पहिरो खस्दा यात्रुले सास्ती भोग्नु परेको छ ।

  • २३ श्रावण २०८०, मंगलवार ०९:१४ प्रकाशित