नेपाल रेडक्रसमा गण्डकीबाट निर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान

केन्द्रभाग मिडिया

पोखरा।
नेपाल रेडक्रस सोसाइटी गण्डकीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय नेतृत्वमा चयन पदाधिकारी तथा सदस्यलाई शनिबार पोखरामा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेशबाट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित ४ जनालाई सम्मन गरिएको प्रदेश समितिका अध्यक्ष सूर्य प्रसाद ढकालले जानकारी दिए । सम्मानीत हुनेमा डोलराज पाण्डे, दिनेश आचार्य, प्रां डा. कृष्ण प्रसाद गाौतम, पुष्पा भट्टचन शेरचन रहेका छन् । पाण्डे उप–कोषाध्यषमा निर्वाचित भएका हुन भने बाकीँ तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सम्मन पछि बोल्दै उप–कोषाध्यक्ष पाण्डेले रेडक्रसको छविलाई बचाइराख्न आफुले इमान्दार भएर काम गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य केन्द्रीय सदस्यले रेडक्रसको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि काम गर्ने बताए ।
कार्यक्रम अध्यक्ष सूर्यप्रसाद ढकालको अध्यक्षता र महासचिव रामदक्त पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

  • २० श्रावण २०८०, शनिबार १८:३१ प्रकाशित