चितवन ।
नेकपा एमालेले १० औँ महाधिवेशनको लागि लेभि उठाउने भएको छ । महाधिवेशनमा हुने खर्च पार्टीका सदस्यबाट उठाउनका लागि एमालेले लेभि उठाउने भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिको अनुसार एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको छ ।
नेकपा (एमाले)को सदस्य सङ्ख्या सात लाख छ। यसबाट सात करोड उठ्ने अनुमान गरिएको छ। महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाइने उनले जानकारी दिए।
लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ। पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन। अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए। महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ। मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ।
महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।