साउन २९ देखि सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

डा.गोविन्द केसीले पुन सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा. केसीले साउन २९ गतेदेखि सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् ।

यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा दिदैं सो अवधि भित्र कार्यान्वयन नभए साउन २९ देखि सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै डा। केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताए । ‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्’, पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ ।’

उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्‍याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् ।

  • १५ श्रावण २०८०, सोमबार १६:५७ प्रकाशित