रोकी राखेको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार दुईजनाको निधन

केन्द्रभाग मिडिया

हेटौडा ।
मकवानपुरमा सडकमा रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको निधन भएको छ ।

निधन हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको डिएसपी कार्कीले बताए ।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १५ श्रावण २०८०, सोमबार ११:१२ प्रकाशित