प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त तथा संसद बैठक सुचारु गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका ओलीले संवैधानिक परिषदको बैठक चाँडै राखेर प्रधानन्यायाधीशको सिफारिस गर्न आग्रह गरेका थिए । दाहालले परिषदका अन्य सदस्यहरुसँग पारमर्श गरेर छिट्टै बैठक राख्ने प्रतिवद्धता गरेको पनि बताइएको छ ।

‘एमाले अध्यक्षसँग संवैधानिक परिषदको बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने र संसद सञ्चालनको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘दुवै विषयमा सकारात्मक छलफल भएको छ ।’

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यालय आगामी साता समाप्त हुँदैछ । प्रधानन्यायाधीशको कार्यकाल समाप्त हुनु एक महिनाअघि नै सिफारिस गर्न कानुनी व्यवस्था भएपछि संवैधानिक परिषदको बैठक नबस्दा सिफारिस हुन सकेको छैन । परिषदको सिफारिसपछि संसद संयुक्त सार्वजनिक सुनुवाई समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त गर्ने प्रावधान छ ।

  • १४ श्रावण २०८०, आईतवार १६:५१ प्रकाशित