कलाकार सारूकको सुसाइड नोट : मोबाइलमा लेखिएको थियो,‘लेट मी रेस्ट इन पिस’

केन्द्रभाग मिडिया

आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ।

काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो।

प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो।

सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ।

‘रिपोर्ट आएको हो। इट्स अल माइ फल्ट। कसैलाई दोषी नबनाउनु भनिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले भनेका छन् ,‘कन्ट्रोभर्सी केही पनि छैन। लेट मी रेस्ट इन पिस भनिएको छ।’

सारुकले ‘इन्टु मिन्टु लण्डनमाु, ुमेरी मामुु, ुरानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकनमा व्यस्त रहेका थिए ।

  • १४ श्रावण २०८०, आईतवार १५:१७ प्रकाशित